आफैले बोकेको भरुवा बन्दुक पड्कीदा एक जनाको अर्घाखाँचीमा मृत्यु

घनश्याम पौडेल
अर्घाखाँची, २६ साउन । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकामा एक जनाको ज्यान गएको छ । आफैले बोकेको एकनाले भरुवा बन्दुक पड्कीदा एकको मृत्यु भएको हो ।

भुमिकास्थान नगरपालिकाको वडा नं. ७ पानडाडाँमा बस्ने वर्ष ४५ का पदम केसी आफैले बोकेको भरुवा बन्दुक एक्कासी पड्कन गई दाहिने कोखामा लागेको थियो ।

बन्दुक पड्कीएपछि घाईते भएका केसी उपचारको लागी सन्धिखर्कमा आएका थिए । अर्घाखाँची अस्पतालमा ल्याईएका केसीलाई अर्घाखाँची अस्पतालले मृत घोषणा गरेको स्वास्थ्यकर्मी तथा पत्रकार अशोक चौहानले जानकारी दिए ।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 670

Leave a Reply

Your email address will not be published. Required fields are marked *