स्वास्थ सस्थाहरुको रुरुमा समिक्षा कार्यक्रम

चुरामणि तिमिल्सिना   भदौ  ७

रुरुक्षेत्र गाउँपालिकमा स्वास्थ्य कार्यक्रमहरुको एकिकृत वार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ । रुरुक्षेत्र गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय स्वास्थ्य शाखाको आयोजनामा कार्यक्रम गरिएको हो । आर्थिक वर्ष २०७९ /८० मा गरेका कामको जानकारी गराइएको थियो ।
गाउँपालिकाका प्रत्येक वडाका स्वास्थ्य शाखाहरु, आयुर्बेद शाखा र सिङ्गो स्वास्थ्य शाखाले आर्थिक वर्ष भित्रगरेका विभिन्न कार्यक्रमहरुको जानकारी गराइरहेको थियो । प्रगति विवरण प्रस्तुत गर्दै स्वास्थ्य प्रमुखहरुले हाल भएका समस्याहरु पनि पालिका अध्यक्ष, उपाध्यक्ष र अधिकृत समक्ष जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष यदु ज्ञवालीको अध्यक्षता रहेको थियोे । यस्तै उपाध्यक्ष मिना देवि गौतम वडा नं. २ का वडा अध्यक्ष घनश्याम अर्याल, वडा नं. ३ का वडा अध्यक्ष शेषनारायण पौडेल, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डे, शिक्षा शाखा प्रमुख झविलाल बि.क., जनस्वास्थ्य अधिकृत सम्झना अधिकारी, तथ्यांक अधिकृत मदन पाल कार्यपालिका परिवार लगायतको आतिथ्यता रहेको थियो। जनस्वास्थ निरीक्षक इन्द्रदेव पौडेलले स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा अधिकृत पौडेलले हरेक नागरिकले स्वास्थ्य संस्थाबाट राज्यले प्रदान गरेका निशुल्क औषधिहरु सजिलै उपलब्ध गराइने , साना तिना समस्यालाई पालिकाले सहजीकरण गर्ने, मासिक बैठकमा विषयबस्तुका साथ प्रतिबेदन तयार गरि पालिकामा पठाउने काम लाई निरन्तर दिन आग्रह गर्नु भयो ।
कार्यक्रम लाई समापन गर्दै अध्यक्ष ज्ञवालीले स्वास्थ्य जस्तो बिषयमा खेलवाड नगरि गम्भीरताका साथ लाग्नुपर्ने औषधि कुनै पनि समयमा कमि हुन नदिने गरेका हरेक काम लाई प्रतिबेदन सहित तयारी गर्ने नागरिकका हरेक समस्याहरुको समाधान गर्न सिङ्गो पालिका लाग्दै आएको बताउनु भयो ।कार्यक्रमको सन्चालन स्वास्थ्य शाखा हेल्थ असिस्टेन्ट अमृत ज्ञवालीले गर्नु भएको   थियो।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 678

Leave a Reply

Your email address will not be published. Required fields are marked *