प्याब्सन गुल्मीको अंतरक्रिया कार्यक्रम सम्पन्न

चुरामणि तिमिल्सिना भदौ  ८

प्याब्सन,गुल्मी द्वारा आयोजित संघीय शिक्षा विधेयक माथि छलफल तथा अन्तरक्रिया कार्यक्रम तथा सम्मान कार्यक्रम समपन्न भएको छ । उक्त विधेयकले निजि विद्यालयलाई कसरी सम्बोधन गरेको छ भन्ने जानकारी गराइएको थियो। उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्याब्सन केन्द्रीय उपाध्यक्ष,दिपिका थापा, विशिष्ट अतिथिको रुपमा सावित्रा ज्ञवाली, उपाध्यक्ष, छत्रकोट गाउँपालिका लगायत अतिथिहरुमा प्याब्सन केन्द्रीय सदस्यहरु,प्याब्सन लुम्बिनी प्रदेश कमिटी अध्यक्ष लालहरी पाण्डेको उपस्थिति रहेको थियो।

सम्मान कार्यक्रममा रेन्वो ईङ्गलिस सेकेण्डरी बोर्डिङ्ग स्कुलबाट SEE २०७९ मा ३.९५ जि पि ए ल्याउन सफल विद्यार्थी निरज श्रेष्ठ र विद्यालय सम्मानित भएका थिए। गुल्मी जिल्ला प्याब्सनमा आवद्ध सबै १९ वटा निजि विद्यालयका प्रिन्सिपल वा प्रतिनिधिहरु सहभागि कार्यक्रमको अध्यक्षता प्याब्सन गुल्मीका अध्यक्ष राजु कुवरले गर्नु भएको थियो। प्याब्सन गुल्मीका उपाध्यक्ष योजन खत्रीले स्वागत मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा छत्रकोट गा पा उपाध्यक्ष सावित्रा ज्ञवालीले शुभकामना मन्तब्य राख्नु भएको कार्यक्रममा प्याब्सन प्रदेश कमिटी अध्यक्ष लालहरी पाण्डेले र प्याब्सन केन्द्रीय उपाध्यक्ष दिपिका थापाले वर्तमान शिक्षा विधेयकको वारेमा स्पष्ट पार्नु भएको थियो।

उहाँहरुले यदि राज्यले निजी विद्यालयको घाँटी निमोठ्न खोजे आफुहरु चुप लागेर नबस्ने र निजि विद्यालय पनि राष्टकै अंग भएकाले सरकारलाई अभिभावकको भुमिका खेल्दिन अनुरोध गर्नु भएको थियो। साथै, सरकारले निजि विद्यालय विना नेपालको शिक्षा पुर्ण हुन नसक्ने हुदा निजि विद्यालयका मागहरु सम्बोधन गरेर मात्र विधेयक संसदमा पेस गरिने आश्वासन प्रधानमन्त्रीले दिनु भएको जानकारी समेत उपाध्यक्ष थापाले दिनुभएको थियो । प्याब्सन प्रदेश कमिटी अध्यक्ष लालहरी पाण्डेले यदि गुणस्तरीय शिक्षा दिन सके नेपालमा निजि विद्यालयको भविष्य राम्रो रहेको हुदा, समयको माग अनुसारको शिक्षा प्रदान गर्न सबै विद्यालयलाई अनुरोध गर्नु भएको थियो।

छत्रकोट गाउँपालिकाको चोयगामा संचालित कार्यक्रम प्याब्सन गुल्मीका कोषाध्यक्ष सन्तोष चुडालीले गर्नुभएको थियो भने कार्यक्रममा रेन्वो ई.से.बो.स्कुल, बलेटक्सार र ग्रिनबड बोर्डिङ्ग स्कुल,विरवासका विद्यार्थीहरूले नृत्य प्रस्तुत गरि मनोरञ्जन प्रदान गरेका थिए।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 683

Leave a Reply

Your email address will not be published. Required fields are marked *