होटल पौवा घोराहीका प्रबन्धक भुसालले आफ्नो जन्मदिन यसरी मनाय

चुरामणि तिमिल्सिना  भदौ ९
होटल पौवा घोराहीका मेनेजरद्वारा आफ्नो जन्मदिन यसरी मनाय

दाङ । अर्घाखाँची घरभइ हाल दाङ्ग घोराहीमा रहेको होटेल पौवा का ब्रान्च प्रमुख खुमानन्द भुसालले आफ्नो जन्मदिनमा सकारात्मक सन्देश दिन सामाजिक उत्तरदायित्व बहन गर्नेक्रममा उक्त सहयोग गरिएको बताए । आफ्नो जन्म क्षेत्र रिडी र रुरु सन्चार साथै रुरु कालीगण्डकी अन्लाईन तिज नृत्य प्रतियोगिता लाई सफल बनाउन सहयोग गर्न पाउदा निकै खुसी लागेको भन्दै आउदा दिनमा यस्ता सामाजिक कामहरु निरन्तरता गर्दै जाने होटल पौवा घोराहीका प्रमुख भुसालले बताउनु भयो।

धेरैले जन्म दिनको नाममा केक काट्ने सहित रमाइलोको नाममा साथी भाइ बोलाएर तडक भडक गरेर अनाबश्यक फजुल खर्च गर्ने , ठुला ठुला पाटी गर्ने गरेको भन्दै त्यसलाई चिर्न हरेक बर्षझै यसबर्ष पनि रुरुमा खाद्यान्न तथा फलफूल लगायत समानहरु सहयोग गर्नु भएको हो भुसालले ।रुरु कालीगण्डकी अन्लाईन तिज नृत्य प्रतियोगिता २०८० कार्यक्रम सफल पार्न जन्म दिनको अवसर पारेर सहयोग गरेको उनले बताए । कार्यक्रमका अध्यक्ष   चुरामणि तिमिल्सिनाले   टेलीफोन  गरेर भुसाल लाई   जन्मदिनको   शुभकामना  प्रदान गर्दै सामाजिक  कार्यमा जोडिनु भएकोमा  बधाई  तथा शुभकामना  प्रदान गर्नु भएको  हो।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 683

Leave a Reply

Your email address will not be published. Required fields are marked *