भदौ १० रिडी
नेकपा एमाले सत्यवती गाउँपालिका पार्टि ,जनप्रतिनिधि र कार्यकर्ता बिच भेटघाट तथा बिस्तारित बैठक सम्पन्न ।
नेकपा एमाले ले सत्यवती गाउँपालिकामा आफ्ना पार्टिका नेता निर्वाचित जनप्रतिनिधि र कार्यकर्ता बिच भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । भदौ १ गते देखि ८ गते सम्म सत्यवति गाउँपालिकाका ८ वटा वडाहरुमा आफ्नो कार्यक्रम पार्टि का केन्द्रीय सदस्य तथा क्लस्टर ईन्चार्ज कमरेड गणेश खनालको प्रमुख आतित्यथामा सम्पन्न गरेको हो । उक्त कार्यक्रममा प्रदेश सभा सदस्य तथा प्रदेश कमिटि सदस्य चिन्तामणि पाण्डेय, प्रदेश सदस्य तथा सत्यवती गाउँपालिका अध्यक्ष टिकाराम पाण्डे , सत्यवती गाउँपालिका अनेमा संघ अध्यक्ष तथा सत्यवती गाउपालिका उपाध्यक्ष निरमाया तरामु , जिल्ला कमिटि सदस्य द्दय युवराज न्यौपाने र गुणदेव कुंवर , जिल्ला कमिटि सचिवालय सदस्य तथा सत्यवती गाउपालिका ईन्चार्ज अमर सिंह सिजापति ,जिल्ला कमिटि सदस्य रुक बहादुर राना, होम राना, माया थापा सह ईन्चार्ज ठग प्रसाद ज्ञवालि पार्टि अध्यक्ष भिमलाल पाण्डे, पार्टि पालिका सचिब डिल्लिराज भट्टाराई र सत्यवति लुम्बिनी सम्पर्क मञ्चका अध्यक्ष सहित तत् वाडका पार्टि अध्यक्ष, सचिब र निर्वाचित वाड अध्यक्षहरु सदस्य हरु तथा कार्यपालिका सदस्य हरुको उपस्थिती भएको थियो ।
- १-८ गते सम्म सञचालित कार्यक्रम मा
पार्टि केन्दिय सदस्य ले पार्टि को केन्द्रीय निति तथा कार्यक्रम हरु को बारेमा पार्टि कार्यकर्ता हरुलाई प्रशिक्षण गर्नु भएको थियो उक्त कार्यक्रम मा दिएको प्रशिक्षण बाट त्यहाका कार्यकर्ता निकै उत्साहित भएको भएको कार्यक्रम मा उपस्थित कार्यकर्ता ले जानकारि दिनुभएको छ र पार्टि ले यस्तै कार्यक्रम हरु बेला बेला मा पार्टि ले ल्याउन पनि पार्टि नेतृत्व लाई सुझाब दिएका छन त्यस्तै गरि पार्टि बाँट निर्वाचित जनप्रतिनिध् को कार्यशैली प्रति पनि सन्तुष्टि भएको त्यहाका कार्यकर्ता ले जानकारि गराएका छन भने पालिका र वडबाट एमालेबाट निर्वाचित प्रतिनिधि ले गरेको कार्यक्रम हरु राम्रो संग प्रचार प्रचार गर्नु पर्ने सुझाब दिएका छन पार्टि लाई र जनप्रतिनिधि लाई बिपक्ष ले गरेको घेराबन्दी लाई राम्रो संग चिर्न को लागि पार्टि र पार्टि का जनवर्गिय संगठन हरु एकजुट भई जुरुक्क उठ्न पर्ने निष्कर्ष निकालेको छ।
उक्त कार्यक्रम का प्रमुख अथिति क.गणेश खनाल ले पार्टिबाट निर्वाचित जनप्रतिनिधी लाई जनताको काममा अझै लाग्न सुझाब दिनुभएको छ, भने पार्टि लाई अझै मझबुत र बलियो बनाउनको लागि आफु जस्तो सुकै सहयोग गर्न तयार रहेको जानकारि दिनुभएको छ साथै प्रदेश सभा सदस्य चिन्तामणि पाण्डे ले मेरो पाँच बर्षे कार्यकाल आफ्ना जनता को जिवनस्तर बढाउन र यस क्षेत्र विकस को लागि समर्पण गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
त्यसै गरि गा पा अध्यक्ष र उपाध्यक्ष ले सत्यवती का जनता को लागि र यस क्षेत्र को विकाश को लागि कुनै पनि लोभ प्रलोभन मा नपरि काम गर्ने बताउनु भएको छ अफुहरु निर्वाचित भएको नै सत्यवती को सम्बृद्दि को लागि भएको जानकारि गराउदै यस क्षेत्र मा रहनु भएका सम्पुर्ण पार्टि र पार्टि का कार्यकर्ता लाई सत्यवती सम्बृद्द बनाउन सहयोग गर्न अनुरोध गर्नु भएको छ। यस्तै कार्यक्रममा प्रचार बिभाग प्रमुख बालकृष्ण भण्डारीले आफ्ना बिचार प्रकट गर्नी भएको थियो।
२०८०/५/१ देखि सत्यवति गाउँपालिका वाड १ बाट शुरु भएको कार्यक्रम सत्यवती ८ भार्सेमा समापन भएको हो । यस अबधिमा ८ वटै वाड मा पार्टि का कार्यकर्ता को उल्लेखेनिय उपस्थित रहेको थियो ।कार्यक्रम मा सबै वाड वाट १०००भन्दा अगुवा कार्यकर्ता को उपस्थित रहेको थियो ।