शारदा माध्यमिक विद्यालयको प्रधानाध्यापकमा सुवेदी नियुक्त

श्रीराम गौतम भदौ  १४

शारदा माध्यामिक विद्यालय चन्द्रकोट-१, दिब्रुङ सराङ्ग को प्रधानाध्यापक जस्तो गरिमामय पदमा चन्द्रकोट क्षेत्रकै उज्ज्वल नक्षत्र विष्णु प्रसाद सुवेदी नियुक्त हुनुभएको छ । आज अभिभावक सहितको एक औपचारिक कार्यक्रमको आयोजना गरि विद्यालयको प्रधानाध्यापक को रुपमा नियुक्त गरिएको हो । कार्यक्रममा बोल्दै १८ वर्षदेखि उक्त विद्यालयको प्रधानध्यापक पद सम्हाल्दै आउनु भएका राम प्रसाद शर्मा अर्यालले विद्यालयले नया नेतृत्व पाउनुपर्ने भएकोले आफूले स्वैच्छिक रुपमा पदबाट राजीनामा दिएको र आफू प्रधानाध्यापकको पदमा नरहेता पनि शिक्षकको रुपमा कार्यरत रही विद्यालयको शैक्षिक लगायत चौतर्फी विकासमा कटिबद्ध भएर लाग्ने बताउनु भएको छ ।

यस्तै कार्यक्रममा बोल्दै नवनियुक्त प्रधानध्यापक सुवेदीले विद्यालयको उज्ज्वल भविष्यको लागि दिनरात खटने बाचा गर्दै सम्पूर्ण शिक्षक विद्यार्थी र अभिभावक तथा समितिलाई आफ्ना गल्तीमा सही मार्गनिर्देश गर्दै सकारात्मक सहयोगको अपेक्षा गरेको बताउनुभएको छ ।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 683

Leave a Reply

Your email address will not be published. Required fields are marked *