स्वर्गिय सुवासचन्द्र नेम्वाङको अन्त्यष्टि बिहीबार गरिने

स्वर्गिय सुवासचन्द्र नेम्वाङको अन्त्यष्टि बिहीबार गरिने ।
भदौ २६
संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्यष्टि बिहीबार ११ बजे गरिने भएको छ। पार्टी सचिव गगन विष्टले नेम्वाङको अन्त्यष्टि बिहीबार ११ बजे राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा गरिने जानकारी दिएका छन्।

भोलि १ बजेसम्म श्रद्धान्जली अर्पणका लागि च्यासलस्थित पार्टी कार्यालयमा नेम्वाङको पार्थिव शरीरलाई राखिनेछ। त्यसपछि उनको शवलाई बालुवाटारस्थित निवासमा राखिने एमाले सचिव विष्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 670

Leave a Reply

Your email address will not be published. Required fields are marked *