नगरबासिको हित र स्वास्थ प्रती सचेत र संबेदनसिल छौ : नगर प्रमुख

रिता खनाल
कपिलबस्तु ।
उद्योग ब्यापार संघ कपिलवस्तु ले बाणगङ्गा का विभिन्न चोक चौराहा हरुमा अब्यबस्थित रुपमा ठेला तथा सडकपेटी मा ब्यापार ब्याबसाय गरि बैधानिक ब्याबसाय गरिरहेका स्थानिय ब्याबसायीहरुलाइ मार परेको सन्दर्भ सहित त्यस्ता ब्याबसाय को नियमन तथा ब्याबस्थापन गर्न नगर को ध्यानाकर्षण गरायको छ , त्यसैगरी हाटबजार हरुमा समेत अनुगमन तथा नियमन गरि दायरा बाहिर रहेकालाइ बैधानिक दायरा मा ल्याउन सकेसम्म कृषिजन्य बाहेक का अन्य ब्याबसायहरुलाइ अन्यत्र ब्यबस्थापन गरि हाटबजार मा कृषिजन्य उपज को मात्र कारोबार ब्याबस्था मिलाउन समेत नगर को ध्यानाकर्षण गरायको छ ।
“उद्योग ब्यापार संघ , कपिलवस्तु ले गरायको ध्यानाकर्षण सम्बन्धमा नगर ले काम गरिरहेको , ठेला तथा सडक पेटिमा ब्याबसाय बिस्तारै कम हुँदै गयेको छ , नगरबासिको स्वास्थ्य र हित लाई केन्द्र मा राखेर काम गरिरहेका छौ , बेतिथी बिसङ्गती लाई निर्मुल पार्न सम्पुर्ण नगरबासी , यहाका संघसस्था सङ्ग मिलेर काम गर्छौ , यतिबेला नगर मा कार्यकारी प्रमुख नरहेकोले नया कार्यकारी प्रमुख को आगमन सङ्गै सम्पुर्ण सरोकारवाला संघ सस्था निकाय सङ्गै नगर भित्रका बजार , हाटबजार हरुको अनुगमन गरि नियमन गर्ने , उपभोक्तालाई सर्बसुलभ रुपमा गुणस्तरीय सामान उपलब्ध गराउने गरि कार्य गर्न प्रतिबद्ध छौ ” बानगङ्गा नगर प्रमुख चक्रपाणी अर्याल को भनाइ रहेको जानकारी उद्योग ब्यापार संघ , कपिलवस्तु का अध्यक्ष खिमानन्द पौडेल ले गराउनु भयो ।
स्मरण रहोस स्थापना भयको छोटो अबधी मै पनि उद्योग ब्यापार संघ , कपिलवस्तु ले उद्योगि ब्याबसायिको पक्षमा निरन्तर वकालत गर्दै विभिन्न कार्यक्रम , खबरदारी एबम पैरवी गर्दै आयेको छ ।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 670

Leave a Reply

Your email address will not be published. Required fields are marked *