भाद्र ३०
महिलाहरुको महान चाड हरितालिका तिजको पावन अवसरमा बिगत ३ वर्ष देखि रुरु क्षेत्र बाट सन्चालन भएको तेस्रो रुरु कालीगण्डकी अन्लाईन तिज नृत्य प्रतियोगिता २०८० को नतिजा आज साझ कुनै प्राबिधिक समस्या नआयमा अन्लाईन मार्फत सार्वजनिक गरिने रुरु सन्चारका अध्यक्ष तथा कार्यक्रम संयोजक चुरामणि तिमिल्सिनाले बताउनु भयो। तिमिल्सिना ले हिजै देखि नै भिडियो राख्ने समय सकिएको , सनिवार बिहान ७:बजे सम्मको लाइक कमेन्ट सियर र भ्युज मापन गरिएको बताउनु भयो।साझ करिव् ५ बजे सम्म सम्पुर्ण कार्य सकियो भने साझ नै नतिजा प्रकाशन गरिने समाचारमा उल्लेख गरिएको छ । यश प्रतीयोगितामा बिगतका भिडियो हरु भन्दा धेरै परिमार्जन सहित सहभागी भएका मौलिक प्रतिभाहरमा वृद्धि भएको र ६० जना नृत्यरहेको अन्लाईन खबरका सम्पदाक बिष्णु प्रसाद पाण्डेले जान्कारी दिनु भयो । यस्तै कालीगण्डकी पोष्ट डट्कमका सन्चालक तथा सम्पदाक यम सोमैले पर्व लगत्तै समय मिलाएर औपचारिक कार्यक्रमका साथ पुरस्कार वितरण गर्ने बताउनुभयो।