सिरसिरे वचत तथा ऋण सहकारी संस्थाको १३ औँ साधारसभा सम्पन्न

 

सिरसिरे वचत तथा ऋण सहकारी संस्थाको १३ औँ साधारसभा सम्पन्न
कृष्ण पौडेल
बुटवल
सिरसिरे वचत तथा ऋण सहकारी संस्थाको १३ औँ साधारसभा बुटवलमा सम्पन्न भएको छ।
राम कृष्ण शर्माकाे अध्यक्षतामा सुरु भएको उक्त कार्यक्रमकाे प्रमुख अतिथी राष्ट्रिय सहकारी बैङ्क लुम्बिनी प्रदेश प्रमुख नारायण बेलबासे कार्यक्रममा बोल्दै सिरसिरे बचत तथा ऋण सहकारीको संस्थाको प्रतिवेदन प्रति खुसी ब्यक्त गर्दै देशैभरीका सहकारी डुब्ने अबस्था रहेको बेला सिरसिरे बचत तथा ऋण सहकारीको संस्थाकाे प्रगति प्रति ढुक्क भएर शेयर लगानी गर्न आग्रह गर्नु भयो।
बिशिष्ट अथिति वरिष्ठ फिजिसियन पुष्पराज जोशी,सरद ओलि, लगायत काे उपस्थिति कार्यक्रममा रहेको थियो।

संस्थाका अध्यक्ष रामकृष्ण शर्माले प्रतिवेदन पेश गर्नुहुदै सिरसिरे सहकारीलाई नमुना सहकारीको रुपमा लैजाने बताउनु । उहाँले भन्नु भयो , सहकारी क्षेत्रमा निकै समस्याहरु देखिएको बेला समेत सिरसिरे सहकारीले अपेक्षित मुनाफा कमाउन सकेको सकारात्मक पक्षले हो भन्दै ०८०/०८१ मा संस्थाले अझ गति लिने बताउनु भयो ।
उक्त साधारणसभाले अध्यक्ष रामकृष्ण शर्मा , कोषाध्यक्ष शिवलाल पौडेल , लेखा समिति संयोजक हरि प्रसाद पौडेलले पेस गर्नु भएको प्रतिवेदन पास गरेको थियो।

संस्थाका सचिव गिरिराज भुसालले संचालन गर्नुभएको उक्त साधारणसभामा स्वागत मन्तव्य उपाध्यक्ष टेकराज शर्माले राख्नु भएको थियो ।
उक्त साधारणसभामा सबैभन्दा जेष्ठ सदस्य ८३ बर्षिय मनधरा उपाध्याय , ७३ बर्षिय संस्थाका सल्लाहकार समेत रहनु भएका प्रेम लाल गहिरेलाई संमान समेत गरिएको थियोे । उक्त कार्यक्रममा सिरसिरे बचत तथा ऋण सहकारी सस्थाले २०८० को पत्रकारिता पुरस्कार पत्रकार सुशील खनाल लाई दिइएको थियो उनले लामो समय देखि सहकारी को ठाउँमा रहेर संचार माध्यम बाट सहकारी को लागि समाचार एवम रिपोर्ट तयार पार्दै आयका थिय।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 741

Leave a Reply

Your email address will not be published. Required fields are marked *