अर्घाखाँची मा एक युबा ले एकल लगानी मा बनाए १३ तले मन्दिर

अर्घाखाँची मा एक युबा ले एकल लगानी मा बनाए १३ तले मन्दिर
माधब पौडेल , अर्घाखाँची
असोज ७
अर्घाखाँची जिलाको छत्रदेब गाउँपालिका को वडा न ७ बाहिगाउ ताराखसे मा १३ तले आकासेदेबी मन्दिर निर्माण भएको छ ।
सुरुमा बि .स २००८ साल मा खर को छानो बाट यश मन्दिर को सुरुवात भएको थियो हाल पुन निर्माण हुँदै अर्घाखाँची जिल्लाकै अग्लो १३ तले मन्दिर निर्माण भएको हो ।यति ठूलो महत्त्व बोकेको यश मन्दिर पछिल्लो समय ओझेल मा पर्न थालेको छ ।
लेवस को गाज बाट सुरु भएको यश मन्दिर अर्घाखाँची छत्रदेब गाउँपालिका निवासी ४० बर्शिय हिरामणि न्यौपाने ले एकल लगानी मा यश मन्दिर निर्माण गरेका हुन ।पौराणिक मान्यता अनुसार सोही ठाउँ मा तारा खसेको ले नामान्कन गर्दा ताराखसे राखीएकाे सोही मन्दिर ब्यबस्थापन समिता का सचिब मनिलाल न्यौपाने ले बताउनुहुन्छ ।

पराबुर्बकालमा उल्कापात हुदा उक्त स्थानमा एक प्राकृतिक पोखरी स्थापना भएको थियो सोही उल्का को एऊटा टुक्रा केही तल गइ अर्को प्राकृतिक पोखरी बनेको थियो उक्त पोखरिलाइ चुरनपोखरी नामान्करड गरिएको जनबिस्वास छ ।
मन्दिर परिसर भित्र विभिन्न देबि का साथै शिव , गणेश र नाग का मुर्ति हरु रहेका छ्न ।यश मन्दिर मा तिज , सिबरात्री , रामनबमी , बालाचतुर्दसी , जन्माअष्टमि मा ठूलो मेला लाग्ने गर्दछ ।

पछिल्लो समय यश मन्दिर को विभिन्न माध्यम बाट प्रचार प्रसार पनि भइरहेको छ भने पर्यटक हरु भित्राऊनकाे को लागि बाटो को समस्या रहेको छ l

यश मन्दिर मा आइ दर्सन गर्ना ले मनोकामना पूरा हुने धार्मिक बिस्वास रहदै आएको छ ।अर्घाखाँची जिल्ला मा ६ वटा स्थानिय तह हरु रहेका छ्न जस मध्ये ३ वटा गाउँपालिका र ३ वटा नगरपालिका हरु रहेका छ्न जस मध्ये पर्यटकिय हिसाब ले छत्रदेब गाउँपालिका अब्बल रहेको छ ।यश कारण ले पनि एतिहासिक महत्त्व बोकेका ठाउँ को संरक्षक र प्रर्बर्दन गर्न सके यो गाउँपालिका पर्यटन को हिसाब ले देस कै पहिलो बन्ने निश्चित छ ।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 741

Leave a Reply

Your email address will not be published. Required fields are marked *