कमल खत्रीअसोज ७
चन्द्रकोट गाउँपालिकाले गाउँपालिकाको वार्ड नं ३ र ४ मा संचालित विभिन्न पसल तथा व्यवसायहरूको अनुगमन गरेको हो । बजार अनुगमनमा चन्द्रकोट गाउँपालिका उपभोक्ता हित संरक्षण समितिका संयोजक (उपाध्यक्ष ) विष्णु प्रसाद भण्डारीज्यूको संयोजकत्वमा भएको अनुगमनमा चन्द्रकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज भुसाल, अनुगमन टोलीका संयोजक प्रकाश पन्थी, बजार व्यवस्थापन समितिका अध्यक्ष एबम उद्योग वाणिज्य संघ शान्तिपुरका प्रतिनिधि इश्वरी सापकोटा, इलाका प्रहरी कार्यालय शान्तिपुर का प्रमुख राम विलास यादव लगायत को टोलि , कृषि शाखा प्रमुख, स्वास्थ्य शाखामा कार्यरत कर्मचारीहरु, स्थानीय पत्रकार कमल खत्री लगायतको टोली ले अनुगमन सम्पन्न गरेको
अनुगमन टोलीले बजार क्षेत्रका ५० ओटा पसलमा अनुगमन गरेकाे हो।
अनुगमनमा १८ ओटा पसल बाट १० हजार रुपैयाँ बराबरको म्याद नाघेका सामग्री जफत गरी नष्ट गरिएको प्रकाश पन्थीले जानकारी दिनुभयो। यो कार्य पहिलो पटकमा लिखित निर्देशन सहित सचेत गराइएको र दोस्रो पटकमा जरिवाना समेत गरिने प्रमुख प्रशासकीय अधिकृत ले जानकारी दिनुभयो।
व्यावसायीहरुलाई सचेत बनाउँदै उपभोक्ता हित संरक्षणमा जोड दिने कुरा उपाध्यक्षज्यूले समेत जानकारी गराउनु भयो साथै गाउँपालिका बाट गर्नु पर्ने साथ सहयोग व्यवसायीहरुलाई सधै रहिरहने कुरा समेत बताउनु भयो।