छत्रकोट गाउँपालिकाद्वारा बजार अनुगमन, अखाद्य बस्तु बिक्रीमा राखिएको भेटियो ।
असोज ९
छत्रकोट गाउँपालिका
छत्रकोट गाउँपालिका गुल्मीले आज बजार अनुगमन गरेको छ । गाउँपालिकाको नियमित कार्यक्रम अन्तर्गत आज वडा नं. ४ दिगामका बिभिन्न स्थानिय बजार र वडा नं. ५ खर्ज्याङ्गको मनभाक बजार अनुगमन गरिएको हो । बजार अनुगमनका क्रममा ब्यवसाय दर्ता र मूलयसुची नभएको,म्यद नागेका अखाद्य बस्तु बिक्रीमा राखिएको भेटिएको थियो । यवसाय दर्ता गर्न र मूलयसुची अनिवार्य राख्न सचेत गराउदै बिक्रीमा राखिएका म्यद नागेका अखाद्य बस्तु जनप्रतिनिधी,प्रहरी,संचारकर्मी र गाउँपालिकाको कर्मचारीको उपस्पस्थितिमा नष्ट गरिएको थियो
। बजार अनुगमन योजना शाखा प्रमुख हरि टण्डन र लेखा शाखा प्रमूख सन्तोष जिसीको नेतृत्वमा गरिएको सुचना प्रबिधी अधिकृत प्रमूख भूषण भुषालले बताउनु भयो ।