जिल्ला समन्वय समितीको जिल्ला सभा समपन्न, काम गर्न ऐन कानुनको कमि भएको सजन्वय प्रमुख खत्री भनाई ।
असोज १५
जिल्ला समन्वय समिती गुल्मीको सातौ जिल्ला सभा हिजो आईतबार तम्घासमा समपन्न भएको छ । जिल्ला सभामा आर्थीक बर्ष २०७९–८० को बार्षीक प्रगती समिक्षा गरिएको थियो । कार्यक्रममा जिल्ला समन्वय समितीले आफ्नो कार्यक्षेत्र अन्तर्गतको आर्थीक बर्ष ७९–८० मा गरेका सेवा प्रभाहको समिक्षा गरिएको हो ।
जिल्लाका १२ ओटै स्थानीय तहका बिभिन्न बिवरणहरु एकिकृत गरि प्रस्तुत गरिएको थियो । संघ र प्रदेश मातहतकाका बिभिन्न कार्यालयले गरेका बिकास र सेवा प्रवाहको अनुगमन र त्यसको भाब सर्वजनिक गरिएको थियो । जिल्ला समन्वय समिती गुल्मीका प्रमुख द्रोण बहादुर खत्रीले अझै पनि ऐन र कानुनको कमि काकारण जिल्ला समन्वय समितीको औचित्य पुष्टि हुनेगरि काम गर्न नसकिएको बताउनु भयो । कर्यक्रममा १२ वटा स्थानीय तहका प्रमुख एवम उपप्रमुखको उपस्थीत रहेको थियो।
