लुम्बिनी प्रदेश सरकार गठनको पाँच महिना पुरा,सरकारले अझै पूर्णता पाएन ।
असोज १५
लुम्बिनीमा गठबन्धन सरकार गठन भएको पाँच महिना पुगेको छ । एमालेका लीला गिरीलाई मुख्यमन्त्रीबाट हटाएर गत वैशाख १४ गते आठदलीय गठबन्धनबाट कांग्रेसका डिल्लीबहादुर चौधरी मुख्यमन्त्री भएका हुन । सरकार निर्माणका बेला भएको गठबन्धनबीचको सहमति र भागबन्डामा ‘व्यक्तिगत इगो’ को विषयलाई लिएर माओवादी र कांग्रेसबीच असमझदारीले पाँच महिनासम्म पनि सरकारले पूर्णता पाएको छैन ।
१० सदस्यीय मन्त्रिमण्डलमा अहिले ७ जना मात्र मन्त्री छन । मुख्यमन्त्री चौधरी आफैंले लामो समयदेखि थप तीन मन्त्रालयको जिम्मेवारी बोकेका छन् । सरकारले पूर्णता नपाउँदा कानुन निर्माण ठप्प छ । सरकारमा मन्त्री नहुने र समितिमा सभापति नहुँदा प्रदेशसभा झन्डै ९ महिनादेखि नै बिजनेसविहीन छ ।
