रैनादेवी छहरा गाउँपालिका पाल्पाले वडा स्तरमै जनतालाई सेवा दिने

रैनादेवी छहरा गाउँपालिका पाल्पाले वडा स्तरमै जनतालाई सेवा दिने ।
असोज २१

रैनादेवी छहरा गाउँपालिका पाल्पाले वडा स्तरमै जनतालाई सेवा दिने भएको छ । पालिकाले एकिकृत घुम्ति शिविर मार्फत सबै वडामा पुगेर पालिकाको सेवा दिने गाउँपालिकाअध्यक्ष रुक्मागत भट्टराईले बताउनुभयो ।

शिविरमा योजना सम्झौंता, घटना दर्ता, अपाङ्गगता परिचयपत्र वितरण, निशुल्क स्वास्थ्य शिविर, व्यवसाय दर्ता, नविकरण लगायतका काम गरिनेछ ।

पालिकाले यस वर्ष असोज मसान्तभित्रै योजनाहरुको सम्झौंता गरेर समयमै फरफारक हुने गरी काम गर्ने योजना बनाएको उपाध्यक्ष युवराज थापाले बताउनुभयो ।

शिविरमा योजना सम्झौंता, घटना दर्ता, अपाङ्गगता परिचयपत्र वितरण, निशुल्क स्वास्थ्य शिविर, व्यवसाय दर्ता, नविकरण लगायतका साना तिना कामको लागि पालिकामा दुख पाउन नपरोस भनेर वडा र वस्तीमै पुगेर सेवा दिन थालिएको गाउँपालिकाका प्रशासकीय अधिकृत दिनेश सारुले बताउनुभयो ।

शिविर वडा नं.१ को सिद्धेश्वरबाट २१ गते सुरुभई ३० गते वडा नं. ८ को सत्यवतीमा समापन हुनेछ ।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 741

Leave a Reply

Your email address will not be published. Required fields are marked *