गैरिखुट्टा नौधारा दौघा सडक कालोपत्रे गर्ने कार्य शुभारम्भ

गैरिखुट्टा नौधारा दौघा सडक कालोपत्रे गर्ने कार्य शुभारम्भ ।
कालिदास आत्रेय
असौज २२

गुल्मीको छत्रकोट गाउँपालिका वडा नम्बर ६ गैरिखुट्टामा गैरिखुट्टा नौधारा दौघा सडक कालोपत्रे गर्ने कार्यको गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेले एक कार्यक्रमका बिच हिजो शिलान्यास गर्नु भएको छ। छत्रकोट गाउँपालिकाको सबै वडाका प्रत्येक वडा कार्यालय सम्म कालोपत्रे बाटो पुर्याउने नीति अनुरुप उक्त बाटो कालोपत्रे गर्ने कामको सुरुवात गरिएको हो। कुल १ करोड ९९ लाख ०४ हजार ४३४ रुपैयाँको लागतमा गैरिखुट्टा देखि १ किलोमीटर बाटो कालोपत्रे गर्नको लागि प्रतीक्षा निर्माण सेवा र छत्रकोट गाउँपालिका विच भएको सम्झौता अनुसार आगामी २०८१ को जेठ ३० गते सम्ममा काम सम्पन्न गरिने भएको छ। छत्रकोट गाउँपालिकाको विकट मानिने दौघामा बाटो पिच हुनेभए पछि स्थानीयहरु अत्यन्तै हर्षित बनेका छन ।

छत्रकोट गाउँपालिका वडा नम्बर ६ दौघाका वडा अध्यक्ष नारायण रेस्मीको अध्यक्षतामा सम्पन्न शिलान्यास कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डे रहनु भएको थियोे । त्यसैगरि बिशिस्ट अतिथिमा वडा नम्बर ३ का वडा अध्यक्ष तेजकान्त अर्याल , वडा नम्बर ५ का वडाअध्यक्ष राम प्रसाद कंडेल , कार्यपालिका सदस्यहरु कमला ज्ञवाली, राम बहादुर वि क , चन्द्रबहादुर नेपाली लगायत रहनुभएको थियोे ।

ठाकुर ज्ञवालीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा पुर्ब वडा अध्यक्ष थम्मन ज्ञवाली, प्रमुख अतिथी पाण्डे र सभापति नारायण रेस्मीले मन्तव्य राख्नु भएको थियोे । कार्यक्रममा बोल्दै पालिका अध्यक्ष राम प्रसाद पाण्डेले आफुहरुको कार्यकाल भित्रै दौघाको वडा कार्यालय सम्म पिच बाटो पुर्याएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थि

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 741

Leave a Reply

Your email address will not be published. Required fields are marked *