गुल्मीको शान्तिपुरको पुल मुनि खोलामा एक किशोरीको शव फेला

आज बिहान छ बजे गुल्मीको शान्तिपुरको पुल मुनि खोलामा नग्न अवस्थामा एक किशोरीको शव फेला परेको छ ।
जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक डिल्लिनारायण पाण्डेले शव फेला परेको जानकारी आउन साथ अहिले त्यसतर्फ जादै गरेको बताए ।

स्थानीयले चन्द्रकोट गाउँपालिका ४ घर भई शान्तिपुर बजारको श्रीलंकाटोल बस्ने १५ की किशोरी उदय मावि अगाडिको झोलोङ्गे पुल तल नग्न अवस्थामा मृत फेला परेको शान्तिपुरका युवा समाजसेवि कमल खत्रीले जानकारी दिए ।
मृत अवस्थामा भेटिएकी ति किशोरी स्थानीय कक्षा ९ मा अध्ययन गर्ने मनिषा रुचाल भएको स्थानीयलेले दाबी गरेका छन् ।
शवको बारेमा प्रहरीले भने अनुसन्धान जारी रहेको भन्दै नाम खुलाएको छैन ।

मृतक कि आम धनमाया का अनुसार बिहान ११ बजे खेतमा धान झाट्दै दाइ लगाउदै थियौ। काम गर्ने खेताला ले सुर्ती लिन आग्रह गरे पछि उनि श्रीलंकाटोलको पसल तर्फ लागेकी थियिन। तत् पश्चात उनि सम्पर्क बिहिन भएको पारिवारिक स्रोत ले जानकारी दिएको छ। हाल उनि शान्तिपुर को पुल मुनि नग्न अवस्थामा मृत फेला परेकी हुन्

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 741

Leave a Reply

Your email address will not be published. Required fields are marked *