गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले भूकम्पपीडितलाई पाँच लाख सहयोग गरेको छ ।
कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपीडितका लागि यस गाउँपालिकाले प्रधानमन्त्री राहत कोषमा पाँच लाख रुपियाँ जम्मा गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिनुभयो ।
भूकम्पको कारण घाईते हुनुभएका नागरिकको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै घरवारविहिनलाई तत्काल राहत उपलब्ध गराउन पाँच लाख रुपियाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले बताउनुभयो ।