चुरामणि तिमिल्सिना १३ मंसिर
अर्गली बहुमुखी क्याम्पस तानसेन नगरपालिका वडा न १४ अर्गली पाल्पाको १७ औं बार्षिकउत्सव समारोह सम्पन्न भएको छ। सन्चालक समितिका अध्यक्ष पदम प्रसाद शर्माको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथि वडा न १४ अर्गली वडा अध्यक्ष शोभाखर भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि भट्टराईले शिक्षा जस्तो महत्त्वपूर्ण बिषयलाई सबैले गम्भीर रुपमा लिएर गाउँकै क्याम्पसलाई अगाडी बढाउन आग्रह गर्दै यस क्षेत्र उर्बरा भुमि भएकोले यहाँ कृषि क्याम्पसको रुपमा लैजान सक्ने हो भने थप बिद्यार्थीको संख्यामा वृद्धि हुने कुरामा जोड दिनु भयो।
यस्तै कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाका सदस्य बसन्ता ज्ञवाली पुर्व वडा अध्यक्ष कमल राना यस्तै संस्थापक सञ्चालक दुर्गा दत्त रेग्मी संस्थापक अध्यक्ष पर्सुराम भट्टराई दलका प्रतिनिधि सामाजिक अभियानताहरु बितिय सस्थाका प्रमुखहरु जन्प्रतिनिधि संघसस्थाका प्रमुख हरु शिक्षा बिदहरुको आथित्यता रहेको थियो। सन्चालक समितिका उपाध्यक्ष कमल कृष्ण गैरेले स्वागत मनत्ब्य राख्नु भएको थियो। समारोहमा क्याम्प प्रमुख लक्षमण रेग्मीले कार्यक्रममा प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो। ।कार्यक्रमामा बोल्ने बक्ताहरुले गाउँमा नै बिद्यार्थीलाई राख्न सकेमा सस्तो र गाउँको मुहार समेत परिवर्तन हुन सक्नेकुरा आसा राखेका थिए । कार्यक्रमको सन्चालन शिक्षक सन्जय भट्टराईले गर्नु भएको थियो।