विहिबार साझ देखि हराएका ९३ बर्षिय भण्डारी खोला किनारामा मृत भेटिए

चुरामणि तिमिल्सिना ।
गुल्मीको चन्द्रकोट गाउँपालिका वडा न ७ सोता निवासी ९३ बर्षका नरहरि भण्डारी बिहान ८:३० बजे उल्लि खोलामा खोज तलासको क्रममा मृत फेला परेका छन् ।

विहिबार साँझदेखि हराएका उनी शुक्रवार विहान मृत फेला परेको ईलाका प्रहरी कार्यलय जोहाङले जानकारी दिएको छ । भण्डारी बिहीवार साझ ५ बजे बाट घरबाट सम्पर्क बिहिन भएका थिए ।

सम्पर्क बिहिन भएपछि भण्डारीको परिवारले प्रहरी लाई जान्कारी गराएको थियो । भण्डारीलाई खोज्दै जाँदा खोला किनारमा निजले प्रयोग गर्ने गरेको लौरो फेला पारेपछि त्यसैलाई आधार मानेर प्रहरीले खोज्दै जाँदा किनारमा तैरिहेको अबस्थामा शव फेला परेको ईलाका प्रहरी कार्यलय जोहाङका प्रहरी नायब निरीक्षक लक्ष्मण बिकले जानकारी दिनुभयो ।

भण्डारीको ओजतलासमा मजुवा प्रहरीले सहयोग गरेको हो । सवलाई मुचुल्का गरि पोष्टमाटका लागि जिल्ला अस्पताल तम्घास पठाइएको प्रहरीले जानकारी दिएको छ ।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 670

Leave a Reply

Your email address will not be published. Required fields are marked *