चुरामणि तिमिल्सिना , जेष्ठ ११
दुर्गाभवन माध्यमिक बिधालय कालीगण्डकी छापचौर गुल्मीले ६ दिने विविध कार्यक्रमका साथ ६७ औं वाषिर्कोत्सव समारोह सम्पन्न गरेको छ । समापन समारोहमा कालीगण्डकी गाउँपालिका गुल्मीका अध्यक्ष बेद बहादुर थापाको प्रमुख आतिथित्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष थापाले समाज समय निकै परिवर्तन भएको ले अवका हरेक बालबालिकामा प्राबिधिक शिक्षाको आवस्यक रहेको , ग्रामीण भेगका सबै बिद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्नु पर्ने , ब्यबाहारिक शिक्षामा पनि जोड दिनु पर्ने बताउदै बिद्यालयमा गुणस्तर कायम राख्न बिद्यार्थी , शिक्षक , अभिभावक खटिनु पर्ने बताउनु भयो। उहाँले थप्दै भन्नुभयो कि पछील्लो समय ग्रामीण भेगका बालबालिकाहरु लाई अभिभावकले तराई क्षेत्रमा पठन पाठानको लागि लैजाने क्रम बढ्दो भएकोले यसलाई रोक्न सबै जना एक जुट हुन आवस्यक रहेको बताउनु भयो।
समारोहमा पालिका उपाध्यक्ष मन्जु कुमारी दर्लामी , वडा न ७ का वडा अध्यक्ष घनश्याम थापा, पालिका शिक्षा शाखा प्रमुख अग्निधर पराजुलीको विशिष्ट आतिथ्यता रहेको थियो। बिद्यालयका सहायक प्रधानाध्यापक प्रलाद शाहानिले कार्यक्रम माथि प्रकास पार्नुभएको थियो।समारोहमा अभिभावक संघक पदाधिकारिहरु , चन्दादाताहरु पुर्व संचालक समिती , अक्षयकोष दाता , विभिन्न संघ सस्थाका प्रमुखहरु , राजनैतिक दल महिला समुहको आतिथ्यता रहेको थियो।
बिद्यालयका प्रधानाध्यापक बिजय ढकालले आर्थिक वर्ष भरि गरेका प्रगति तथा आय ब्य प्रस्तुत गर्नु भएको थियो। ६ दिन सम्म संचालित कार्यक्रममा बिद्यार्थीहरु बीच विभिन्न प्रतियोगिता हरु खेलकुद यस्तै समारोह का बिचमा शैक्षिक सामग्री प्रदर्शन सन्देश मुलक नाटक मंचन सास्कृतिक प्रतिभा पनि प्रस्तुत गरिएको थियो।
उत्घाटन सत्रमा बिद्यार्थीहरुले अतिथि लाई रेडक्रसको पहिचान सहित सलामी अर्पण गरेका थिए । कार्यक्रममा यस बिद्यालयमा विभिन्न बिदामा योगदान पुर्याउने हुने , पुर्व बिद्यार्थी लाई सम्मान समेत गरिएको थियो।
यस्तै बिद्यालयकै गहनाका रुपमा रहेकी पुर्व बिद्यार्थी टिका ढकाल ले छात्रा तर्फ पहिलो पटक बिद्याबारधि हासिल गर्नु भएको र निजामती सेवा तर्फ उच्च तहमा रहनु भएका नवराज ढकाल लाई कार्यक्रमका बिच सम्मान पत्र दोसल्ला ओडाइ सम्मान गरिएको थियो। यस्तै पुर्व प्रधानाध्यापक सुभास चन्द्र गौतम लाई पनि औपचारिक कार्यक्रमको आयोजना गरेर बिधाइ गरिएको थियो।
कार्यक्रमको अध्यक्षता बिद्यालय ब्यवस्थापन समिति का अध्यक्ष सुरेश ढकालले ले गर्नु भएको थियो।