पाल्पाको अर्गलीमा दुई दिने सहकारी अनुशिक्षण तालिम

चुरामणि तिमिल्सिना ।
पाल्पाको अर्गलीमा दुई दिने सहकारी अनुशिक्षण तालिम कार्यक्रम सम्पन्न भएको छ ।

फोस्रन स्माट कृषि गाउँ कार्यक्रम अर्गली पाल्पाको आयोजना,तथा भेटनरी अस्पताल पशुसेवा बिज्ञ केन्द्र पाल्पाको आयोजनामा कार्यक्रम गरिएको हो।
सस्थाका अध्यक्ष पुष्कर नाथ पाण्डेको अध्यक्षतामा कार्यक्रम गरिएको हो ।सस्थाका पदाधीहरु तथा सस्थाका सदस्यहरु को लागि दुई दिन सम्म तालिम सन्चालन गरिएको हो ।

दुई दिन सम्म सहकारी शिक्षा ऐन नियम बिधान, यस्को उद्देश्य,सहकारीका सिद्धान्त सहकारी सन्चालन गर्ने तरिका लगायतका विषयमा प्रशिक्षण गरिएको थियो। तालिममा जिल्ला सहकारी संघ पाल्पाका लेखा समिती सुपारीवेक्षण समितिका संयोजक कृष्ण आत्रेय र सहकारी सहजकर्ता राम प्रसाद ज्ञवालीले सहजीकरण गर्नु भएको थियो।

तालिम समापन गर्दै अध्यक्ष पाण्डेले आफुहरुले सन्चालन गरेको स्माट कार्यक्रमको परियोजना अन्तिम चरणमा पुगेकोले यश लाई नयाँ ब्यबस्थापन का साथ जिल्लाको सहयोग तथा सल्लाहमा तेहि कार्यलय बाट सहकारी सन्चालन गर्न सदस्य हरु तथा विज्ञ हरु सित परामर्श अगाडी बढाइएको बताउनु भयो ।

कार्यक्रमको सन्चालन तोयनारायण पाण्डे र राधा कुवरले गर्नु भएको थियो ।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 670

Leave a Reply

Your email address will not be published. Required fields are marked *