असार १० धुर्कोट प्रतिनिधि धुर्कोट_गाउँपालिकाको_बार्षिक_वजेट_सभामा_पेश
धुर्कोट गाउँपालिकाको आर्थिक बर्ष २०८१/०८२ को बार्षिक बजेट सभामा पेश भएको छ ।
गाउँपालिकाको सभाहल बर्बोट गुल्मीमा धुर्कोट गाउँपालिका गाउँ सभाको १५ औ अधिवेशनको तेस्रो बैठकमा उपाध्यक्ष सीता गिरीले आगामी आर्थिक बर्ष २०८१/०८२ को बार्षिक बजेट सभामा पेश गर्नुभएको हो।
बार्षिक बजेट संगै धुर्कोट गाउँपालिकाको विनियोजन विधेयक २०८१ र धुर्कोट गाउँपालिकाको आर्थिक विधेयक २०८१ समेत सभामा प्रस्तुत भएको छ।
आगामी आर्थिक बर्षका लागि धुर्कोट गाउँपालिकामा रु ५६ करोड २५ लाख ९० हजार ८ सय ९२ बराबरको बजेट विनियोजन भएको छ।
सभामा पेश भएको बजेट माथिको छलफल असार १३ गतेको गाउँ सभाको चौथो बैठकमा हुनेछ।