चुरामणि तिमिल्सिना ।
पाल्पाको अर्गली साबिकका सबै वडाहरुमा टोल बिकास सस्था गठन कार्य सम्पन्न भएको छ ।
साबिकका ९ वडामा गठित समितिमा वडा न १ देउराली बाट संयोजक कृष्ण प्रसाद रेग्मी , वडा न २ फोस्रान बाट गिरिराज पाण्डे ,वडा न ३ रनुवा बाट यज्ञ पाण्डे ,वडा ४ कुसेनि बाट ऋषि राम ज्ञवाली ,वडा न ५ उप्रेत टोल बाट तेज बहादुर राना , वडा न ६ रबिदास बाट नुर बहादुर राना , वडा न ७ अतुङगाबाट बुद्दिनाथ घिमिरे ,वडा न ८ पुरना गाउँ बाट कमल कृष्ण गैरे र वडा न ९ कमल पोखरी बाट मीन बहादुर कुवर चयन हुनु भएको छ।
वडाले एक कार्यक्रमका बीच परिचयत्माक कार्यक्रम गरी संयोजक हरुलाइ बधाई शुभकामना तथा रु ५०० का दरले संचार खर्च र स्टेस्नरी सामग्री प्रदान गरेको हो ।
कार्यक्रममा बोल्दै वडा न १४ का वडा अध्यक्ष सोभाखर भट्टराई ले हरेक समस्याहरु लाई सहजीकरण गर्न टोल सस्था गठन गरिएकोले वडाले दिएका निर्देशनमा आधारित रहि कार्य सम्पदान गर्न आग्रह गर्नु भयो । उहाँले अबका दिनमा समय समयमा अन्तर्कृया कार्यक्रम समेत आयोजना गरि बिकासका गतिविधि लाई अगाडी बढाइने बताउनु भयो ।
कार्यक्रममा जन प्रतिनिधि , पुर्व जनप्रतिनिधी , समाजसेबी , महिला समुहका प्रमुखहरु लगायतको आथित्यता रहेको थियो ।