रुरुमा प्रहरीद्धारा सुरक्षित यात्रा अभियान सुरु

चुरामणि तिमिल्सिना ।

रुरु क्षेत्र रिडी बजारमा सडक सुरक्षा कार्यक्रम सम्पन भएको छ । ईलाका प्रहरी कार्यालय रिडी र अस्थायी ट्राफिक प्रहरी पोष्ट रिडी गुल्मीको आयोजनामा सडक सुरक्षा तथा सचेतनात्मक कार्यक्रम गरिएको हो ।

कार्यक्रममा चालक सहचालक, यात्रु हरु लाई ईलाका प्रहरी कार्यालय रिडीका प्रहरी निरीक्षक येमलाल बञ्जाडे र अस्थायी ट्राफिक प्रहरी पोष्ट रिडीका प्रहरी सहायक निरीक्षक जगनाथ पाण्डेले यात्रा गर्दा ध्यान दिन पर्ने महत्त्वपूर्ण कुराहरु , दुर्घटना हुनबाट बच्न बचाउन दुर्घटना न्यूनीकरणका उपायहरु सवारीमा चड्दा ओर्लिदा ख्याल् गर्नु पर्ने , यात्रामा सवारी साधनका इजाजत कागजात साथमा लिनु पर्ने चालक तथा सहचालकले यात्रु सित गर्नु पर्ने व्यबहार , लगायतका विषयमा कार्यक्रम भएको पोष्टका प्रहरी सहायक निरीक्षक पाण्डेले जानकारी दिनु भयो।

पाण्डेले करिब दुई महिना रिडीमा रहेर बिध्यालय बस देखि प्राइभेट सवारी साधन मालबहाक सवारी सवारी साधनका यात्री हरुलाइ बाटैमा ओराली तथा बस भित्रै चेक जाँच एवम , विभिन्न विषयमा प्रशिक्षण गरेको बताउनु भयो ।

यसरी कार्यक्रम सञ्चालन गरिरहदा स्थानियले प्रहरीले चलाएका कार्यक्रमहरु लाई चासो का साथ हेरि कार्यक्रम लाई सफल पुर्याउन सहयोग गरिरहेको स्थानीय बिक्रम रायमाझीले बताउनु भयो ।कार्यक्रममा स्थानिय बासी महिला समुह सँस्थाका प्रमुखहरु ,पत्रकार , चालक सह चालक लगायतको सहभागिता रहेको थियो ।

खास गरी यस्ता कार्यक्रमहरु हरेक क्षेत्रमा समय अनुकुल सञ्चालन गर्ने ,युवाहरु लाई गति सीमित गरेर मोटर साइकल चलाउन पटक पटक आग्रह गरिरहेको बजार तथा बिध्यालय क्षेत्र आसपासमा हरन नबजाउन तथा यात्रीहरु सित तोकिएको भाडाभन्दा बढी नलिन ,सवारी साधनहरु भित्र डस्बिनको प्रयोग गर्ने र निश्चित ठाउँमा मात्र यात्रीहरु लाई रोक्ने चालक हरु लाई प्रशिक्षण समेत गरेको प्रहरी हवल्दार जगत खनालले जानकारी दिनु भयो।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 670

Leave a Reply

Your email address will not be published. Required fields are marked *