चुरामणि तिमिल्सिना असार १७
जनबोध माध्यमिक विद्यालय रुरक्षेत्र गाउँपालिका गुल्मीमा एक कार्यक्रमको आयोजना गरेर २०८० सालमा एसइई उत्तीर्ण भएका विद्यार्थीलाई तथा विद्यार्थीका अभिभावकलाई खादा माला टिका लगाई सम्मान गरिएको हो।
कृषि प्राविधिक र साधारण तर्फ गरी २९ जना विद्यार्थीहरू ले एसइई परीक्षा उत्तीर्ण हुन सफल भएका थिए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा रुरु क्षेत्र गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता हरिप्रसाद ज्ञवालीको अध्यक्षतामा कार्यक्रम गरिएको हो।
विद्यालयका प्रधानाध्यापक बामदेव ज्ञवालीले कार्यक्रममा स्वागत मन्तव्य राख्दै विद्यार्थीको नतिजालाई प्रस्तुत गर्दै आगामी दिनमा उत्तीर्ण हुन नसकेका विद्यार्थीका लागि पनि केही सल्लाह सुझाव र उत्तीर्ण हुने तौर तरिका समेत कार्यक्रममा प्रस्तुत गर्नुभएको थियो। खादा टिका र माला लगाउँदै विद्यार्थीहरूले भने हामीले परीक्षामा सकेको गरेकै हो। नतिजा भनेअनुसारको नआएको ले गर्दा सबैजसो विद्यालय र विद्यार्थीहरू अहिले निराशामा परेको र आगामी हुने मौका परीक्षामा सबै विद्यार्थीहरु सफल हुन सक्नेछन् भन्ने बताए।
कार्यक्रममा विद्यार्थीका अभिभावक शिक्षक कर्मचारी शिक्षकप्रेमी महानुभावहरू लगायतको सहभागिता रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ज्ञवालीले विद्यालयको नतिजा आगामी समयमा पनि थप हुने बिस्वास लिदै कक्षा ११ र १२ तथा माथिल्लो तहमा समेत यही रानीबास आउन आग्रह गर्नुभयो। क्षमतावान एवं दक्षता हासिल गर्नुभएका शिक्षकहरूको उपस्थितिमा हरेक पठनपाठन हुने आधुनिक प्रविधिसँग जोडिने उपकरणहरु पनि यस विद्यालयमा रहेकोले उत्तीर्ण भएका विद्यार्थीहरू सबैलाई यही जनबोधमा अध्ययनका लागि आउन अनुरोध गर्नुभयो। कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रधानाध्यापक देवीराम कुवरले गर्नु भएको थियो।