भेरी अस्पताल नेपालगञ्जबाट पाँच जना बिचौलिया पक्राउ

नेपालगञ्ज ।
भेरी अस्पताल, नेपालगञ्जबाट पाँच जना बिचौलिया पक्राउ परेका छन्।

अस्पतालमा आएका बिरामीलाई आफू अनुकूलको मेडिकलबाट औषधि किन्न र परीक्षण गर्न लगाउने बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले बिरामीलाई दुःख दिएको गुनासो आएपछि पाँच जनालाई नियन्त्रणमा लिएको जानकारी दिए।

भेरी अस्पताल प्रशासनले नै बिचौलियाको बिगबिगी भएको भन्दै प्रहरीलाई अप्रेसन गर्न अनुरोध गरेको बुझिएको छ।

अस्पतालमा बिचौलिया र चोरको बिगबिगी रहेको छ। एकथरीले कमिसनको नाममा बिरामीलाई दुःख दिने र अर्कोथरीले अस्पताल परिसरबाट मोटरसाइकललगायत चोर्ने गरेको प्रहरीको भनाइ छ।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 670

Leave a Reply

Your email address will not be published. Required fields are marked *