जनता माध्यमिक विद्यालयमा एक दिने सचेतना कार्यक्रम संपन्न

चुरामणि तिमिल्सिना ।
जनता माध्यमिक विद्यालय सत्यवती गाउँपलिका वडा न १ अस्लेवा गुल्मीमा १ दिने सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

गाउँपालिकाको आर्थिक सहयोग र विद्यालयको समन्वयमा कार्यक्रम आयोजना गरिएको हो।
गाउँपालिका भर सचेतना कार्यक्रम सन्चालन गर्न आग्रह गरे पछि अभियान कै रुपमा कार्यक्रम गरिएको विद्यालयका प्रधानाध्यापक तथा सचेतनामूलक कार्यक्रमका अध्यक्ष युवराज पाण्डेले जानकारी दिनु भयो ।

पाण्डेले कार्यक्रममा स्वागत गर्दै हरेक विद्यालयमा फरक प्रकृतिका चेतनामूलक कार्यक्रम सन्चालन गर्न सक्ने हो भने ग्रामीण भेगका विद्यार्थीहरुबाट गाउँ घर वस्तिहरुमा चेतना वृद्धि हुन सक्ने बताउनु भयो।

वडा न १ का वडा अध्यक्ष अर्जुन कनौजेको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो ।

प्रशिक्षण कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक विष्णु प्रसाद पाण्डे र अस्लेवा हेल्थपोस्टका इन्चार्ज कृष्ण प्रसाद पाण्डेले कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरुलाई महिला हिंसा बाल विवाह,रक्तअल्पता जस्ता विषय वस्तुमा प्रशिक्षण गर्नु भएको थियो।

प्रशिक्षण गर्दै पाण्डेले वर्षमा १ पटक मात्र यस्ता कार्यक्रमहरु सन्चालन गरेर पर्याप्त नहुने भएकोले पटक पटक कार्यक्रम गर्न पालिकालाई आग्रह समेत गर्नु भयो ।

समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथी वडा अध्यक्ष कनौजेले समाजमा बाल विवाह महिला हिंसा जबर्जस्ती करणी आत्महत्या जस्ता घटनाहरु बढेकोले यसलाई रोकथाम तथा नियन्त्रण गर्न गर्न यस्तै टोल बस्ती विद्यालय तथा महिला समूह, आमा समूह नेपाल प्रहरी तथा यसै संग काम गर्ने संस्थाहरु सित वडा तथा पालिकाले अबका दिनमा अब्बल भूमिका खेल्ने बताउदै कार्यक्रम प्रभावकारी भएको बताउनु भयो ।

कार्यक्रममा जनप्रतिनिधि अभिभावक,व्यवस्थापन समिती शिक्षक विद्यार्थी शिक्षा प्रेमिहरुको सहभागीता रहेको थियो ।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 670

Leave a Reply

Your email address will not be published. Required fields are marked *