देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं ।
देशका धेरै स्थानमा शुक्रबार हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

जल तथा मौसम विज्ञान विभागले प्रदेश १ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। तराई–मधेश क्षेत्रमा हल्का वर्षाको सम्भावना छ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एक्दुई स्थानमा भारी वर्षा हुन अनुमान गरिएको छ।

बिहान आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

राति देशभर सामान्य बदली रहने विभागको भनाइ छ।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 683

Leave a Reply

Your email address will not be published. Required fields are marked *