गाउँपालिकाको आर्थिक सहयोगमा उन्नत बोयर बाख्रा वितरण

माधव पौडेल,पाणिनी
गाउँपालिकाको आर्थिक सहयोगमा व्यवसायिक वाख्रापालनको लागी उन्नत बोयर बाख्रा वितरण गरिएको छ । पाणिनी गाउँपालिका को वडा नं २ पोखराथोक अर्घाखाँचीमा चार वटा बोयर जात का बाख्रा हरु गाउँपालिकाको ५० प्रतिशत अनुदानमा वितरण गरिएको हो ।

व्यवस्थित आधुनिक बाख्रापालन व्यवसायको विस्तार ,युवा स्वरोजगार र ग्रामीण गरिबी न्यूनीकणको आधार भन्ने मूल नारा सहित साना व्यवसायिक कृषि उत्पादन केन्द्र बाख्रा पकेट कार्यक्रम अन्तर्गत शुक्रवार एक कार्यक्रमका बिच बाख्रा वितरण गरिएको छ ।

पाणिनी गाउँपालिकाको आर्थिक सहयोग र पाणिनी बाख्रा पकेट समितिको आयोजनामा वितरण गरिएको हो । वितरण कार्यक्रममा वडा न २ का वडा अध्यक्ष चन्द्रकान्त पौडेल ,नायब पशु स्वास्थ्य प्राविधिक प्रकाश बिष्ट ले सहजीकरण गर्नु भएको थियो ।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 683

Leave a Reply

Your email address will not be published. Required fields are marked *