जन्मदिन मनाउन गरिने खर्च रुरु धार्मिक सेवा संचार प्रालीलाई सहयोग

रुरुधाम रीडी ।
समाजमा हिजो आज फरक फरक तरिकाले जन्मदिन मनाउने गरिन्छ ।

कहिले केक काट्ने, कहिले पाटी प्यालेसमा कार्यक्रमको आयोजना गर्ने कहिले भने असायबर्ग लाई खाना खुवाउने कार्य गरेको देख्न सकिन्छ, यसै सिलसिलामा गुल्मी जिल्ला सत्यवती गाउँ पालिका वडा न १ अस्लेवाका सामाजिक अभियान्ता तुल्सी पाण्डेले आज आफ्नो जन्म दिन्को खर्च कटाई रुरु धार्मिक सेवा संचार प्रालीको कार्यालयको लागि सन्चार सामाग्री खरिद गर्न आर्थिक सहयोग प्रदान गर्नुभएको छ ।

सहयोग प्रदान गर्दै पाण्डेले रुरु क्षेत्रको मात्र यस सस्थाले प्रचारप्रसार नगरी समग्र छिमेकी जिल्लामा हरेक गतिविधि तथा सामाजिक अभियानमा जोडिदै सन्चारका माध्यम बाट प्रकाशन प्रसारण गरिरहेकोले सामाग्री खरिदको लागी सहयोग गरेको बताउनु भयो। पाण्डेले आगामी दिनमा समेत यश धार्मिक सस्थालाइ बलियो बनाइ सन्चालन गर्नको लागि थप सन्चारका सामाग्रीहरु उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भएको छ ।

पाण्डे लाई सस्थाका अध्यक्ष चुरामणि तिमिल्सिनाले टेलीफोन गरि शुभकामना प्रदान गर्दै सहयोग र सदभावका लागि धन्यवाद व्यक्त गर्न भयो।

यश धार्मिक सस्था आर्थिक जगेडा कोश नभएपनि अहिले सम्म दाताकै दानको भरमा सन्चालन हुँदै आयको छ । छोटो समयमा नै प्रचारप्रसारमा संस्थाले टेवा पुर्याउदै आएको अध्यक्ष तिमिल्सिनाले बताउनु भयो।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 683

Leave a Reply

Your email address will not be published. Required fields are marked *