काठमाडौं ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालको बैठक भोलि पुनः बस्ने गरि सकिएको छ ।
आजको बैठकमा एजेण्डाहरु प्रस्तुत भयो ।ती एजण्डामध्ये पार्टी विधानमा छलफल जारी रहेको कार्यकारिणी सदस्य जितेन्द्र सोनलले बताए ।
‘पार्टी विधानको बारेमा छलफल जारी छ,त्यसमा नेताहरुले आ–आफ्नो कुरा राख्ने कार्य जारी छ, भोलि पनि त्यहीं एजेण्डामा छलफल हुन्छ’ नेता सोनलले भने ।
बैठकमा संगठन निर्माण, केन्द्रीय समिति,गठबन्धन,कार्यकारिणी समिति विस्तार,भातृ संगठन निर्माण लगायतका एजेण्डामा पनि छलफल हुने बताइएको छ ।
बैठकमा अगामी चुनावमा कुन दलसँग सहकार्य गर्ने भन्ने एजेण्डाका बारेमा पनि गम्भिर छलफल हुँदैछ ।
देशमा बढ्दो महँगी,किसानलाई मल अभाव, बाढी विपदलगायतका विषयमा छलफल हुन बाँकी रहेको नेता सोनलले बताए ।