गुल्मीको रुरुक्षेत्र गाउँपालिका पुर्ण सरसफाई उन्मुख घोषणा

गुल्मी। गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा न ६ रिमुवालाई औपचारिक समारोहका बिच पुर्ण सरसफाई उन्मुख घोषणा गरिएको छ । पालिका उपाध्यक्ष मिना देबि गौतमले वडा अध्यक्ष तथा कार्यक्रमका सभापति रोमनाथ पौडेललाई घोषण प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो। समारोहमा अध्यक्ष पौडेलले कार्यक्रम माथी प्रकाश पार्दै प्रगति प्रतिबेदन प्रस्तुत गर्दै सबैलाई सहयोग पुर्याउन योग्दान पुर्याउने वडाबासिमा धन्यवाद ब्यक्त गर्नुभएको थियो भने रिमुवा उपस्वास्थ्य चौकिका प्रमुख सचेन्द्र पटेलले कार्यक्रममा स्वागत गर्दै कार्यक्रम माथी प्रकाश पार्नु भएको थियो।


कार्यक्रममा सरसफाई मुक्त बनाउन योगदान गर्नुहुने महिला स्वास्थ्य स्वयंम सेविका, विशिष्ट ब्यक्तिहरु, विभिन्न संघ संस्थालाइ वडाले सम्मान गरेको हो। कार्यक्रममा बोल्दै प्रमुख अतिथी उपाध्यक्ष गौतमले कार्यक्रम घोषण गरेर मात्र नहुने भएकोले निरीक्षण समितीबाट अबलोकन गर्ने, सचेतना तथा सन्देश मुलक कार्यक्रम आयोजना गरी उक्त कार्यक्रलाई अगाडी बढाउन आग्रह गर्नुभयो। कार्यक्रममा रुरुक्षेत्र गाउँपालिका स्वास्थ शाखा प्रमुख छत्रबहादुर अधिकारीले यो कार्यक्रम पालिकामा पहिलो वडाको रुपमा पनि घोषण भएको बताउनु भएको छ।


कार्यक्रममा रुरुक्षेत्र गाउँपालिका स्वास्थ शाखा प्रमुख छत्रबहादुर अधिकारी, एकिकृत ग्रामीण बिकास समाजका कार्यकारी निर्देशक कृष्ण बिस्वकर्मा, एकिकृत ग्रामीण बिकास समाजका जिल्ला अध्यक्ष गणेश श्रीपाली, निबर्तमान वडा अध्यक्ष गिरी सिङजाली, जनप्रतिनिधि, आमा समूह, स्वास्थ कर्मी, पत्रकार, जनज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक भुवनेस्वर भुसाल, सुहारा प्रतिनिधि, भन्छिन आमाका प्रतिनिधिहरु, समाजसेबी बौद्धिकबर्ग तथा वडा बासीको आथित्यता रहेको कार्यक्रमको संचालक खडानन्द पौडेलले गर्नुभएको थियो ।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 670

Leave a Reply

Your email address will not be published. Required fields are marked *