कपिलवस्तुमा लागु औषधसहित दुईजना पक्राउ

कपिलवस्तु ।
कपिलवस्तुमा लागु औषधसहित दुईजना पक्राउ परेका छन् । मायादेवी गाउँपालिकाका, ४ चाकरचौडाबाट लागुऔषधसहित दुईजना पक्राउ परेका हुन् ।

प्रहरीले जाँचको क्रममा सीमा नाकास्थित भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाईकलमा वाणगंगा १ वैरीयाका २४ वर्षका राजन विक र सोही मोटरसाइकलको पछाडि सवार
कपिलवस्तु वाणगंगा २ राजपुरकी २४ वर्षीया सोनाक्सी गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट लागुऔषध स्पासमो ४१ ट्याब्लेट र नाइट्रोभेट ४६ ट्याब्लेट फेला पारिएको प्रहरी उपरीक्षक दान बहादुर कार्कीले जानकारी दिए ।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 670

Leave a Reply

Your email address will not be published. Required fields are marked *