पाल्प ।
बगनासकाली ८ बराङ्दी पाल्पाका सुशिल बस्याल “ राष्ट्रप्रेमी“ले बराङ्दीमा एक घर एक लालीगुराँस अभियान सञ्चालन गरेका छन ।
बस्यालका अनुसार बराङ्दीमा एक घर एक लालीगुराँस अभियान सञ्चालन गरेर बराङ्दी वडालाई नमुना वडा बनाउनको लागी पहल गरेको बताए । उनले आफ्नो घरमा श्री सिद्दबाबा मन्दिर बराङ्दी घिउसिबास ,श्री महामृत्युञ्जय शिवासन धाम , शिवालय मन्दिर बराङ्दी आयुर्बेद औषधालय , श्री बेद माध्यमिक बिद्यालय, कालिगण्डकी बोर्डिङ स्कुल र बराङ्दीको वडा कार्यलय र बेलौतिखरक टोल भरि लाली गुराँस लगाएर अभियानको सुरुवात गरेका छन।
लालीगुराँसको यो अभियानको कुरा सुन्दा स्थानीय उत्साहित भएका छन । यो अभियानलाई वडाले निरन्तरता दिनुपर्नेमा जोड दिएका छन ।
स्थानीय चुरामणी बस्यालले अभियान महत्वपुर्ण रहेकोले पुर्णता दिन आबस्यक रहेको बताउछन ।उनि भन्छन ’’लाली गुँरास सौन्दर्य मात्र नभएर महत्वपुर्ण औषधी पनि हो ’’ हृदयरोग कलेजो तथा मिर्गौलाको समस्या भएमा गुरास उपयोगी मानिन्छ । गुराँसको सर्वत गर्मी याममा पिइने स्वस्थ्यकर पेयमा पर्छ ।
बस्यालले एक बर्ष अगाडि बगनासकाली गाँउपालिकामा लागुपदार्थ तथा जुवातास न्यूनीकरणको लागि सचेतना अभियान चलाएका थिए । बस्याल विभिन्न सामाजिक संघसस्थामा आबद्ध छन ,उनी सामाजिक काममा सक्रिय देखिन्छन् ।उनले दुई महिना अगाडि राष्ट्रप्रेमी गित बिमोचन गरेका थिए ।