छत्रकोट गाउँपालिकामा शुरु भयो विधुतिय भुक्तानि सेवा

कृष्ण अन्जान,छत्रकोट ।
गुल्मी जिल्लाको छत्रकोट गाउँपालिले सोमबारबाट विद्युतीय भुक्तानी सरवा सुरुवात गरेको छ ।

गाउँपालिकाले सेवा प्रवाहमा सुचना प्रविधिको प्रयोग गर्दै छत्रकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थीले विधुतिय भुक्तानि सेवाको शुरुवात गरे ।

गाउँपालिकाले सुरुवात गरेको भ्ँत् (भ्भिअतचयलष्अ ँगलम त्चबलकाभच) मार्फत खातामा रकम ट्रान्सफर गर्ने कार्यले सेवाग्राहीलाई अनावस्यक झण्झट नहुने र सिधै रकम बैँकमा जाने छ ।

गाउँपालिका प्रमुख राम प्रसाद पाण्डे,उपप्रमुख सावित्रा ज्ञवालीका साथै गाउँपालिकाका कर्मचारी र पत्रकार समेतको उपस्थितिमा ताराहान्ने खानेपानी आयोजना र डाँग्रि पोखरा ट्रस्टलाई इपेमेन्ट गर्दै विधुतिय भुक्तानि सेवा शुरु गरिएको हो।

पालिकाका लेखा अधिकृत सन्तोष जिसिले विद्युतीय भुक्तानीले सेवाग्राही चेक लिन भौतिक रुपमा उपस्थित हुन नपर्ने र गाउँपालिकाले प्रदान गर्ने सेवामा पारदर्शिता, छिटो, सहज, मितव्ययी र पारदर्शी हुने अपेक्षा व्यक्त गरे ।

छत्रकोट गाउँपालिकामा सेवा लिने सेवाग्राहीले पनि अब चेक नसाटिने, चेकमा छाप छुट्ने, चेक च्यातिने, चेक हराउने, चेकको म्याद सकिने र पुनः चेक जारी गर्नुपर्ने लगायतका समस्याहरु झेल्न नपर्ने भएको छ ।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 683

Leave a Reply

Your email address will not be published. Required fields are marked *