नेपालगञ्ज ।
भेरी अस्पतालमा कार्यरत डा.सुरेशकुमार नागले एक वर्षदेखि नियमित ड्यूटी नगरेपछि अस्पताल प्रशासनले कारबाहीका लागि पत्र काटेको छ ।
भेरी अस्पतालमा कार्यरत वरिष्ठ कन्सल्टेन्ट सर्जन डा. नागलाई अस्पताल प्रशासनले पटक पटक जिम्मेवारी निर्वाह गर्न अनुरोध गर्दा पनि नमानेपछि कारबाहीका लागि मन्त्रालयलाई पत्र लेखेको हो ।
‘विगतदेखि नै आफ्नो ड्युटी गर्न समयमा नआउने लापबाही गर्ने गरेको पाइएको छ,’अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले भने, ‘विकास समितिको तर्फबाट पटक पटक सुध्रिन अनुरोध गर्दासम्म समेत अटेर गरेको पाइयो,बाध्य भएर कारबाहीका लागि पत्र काटिएको हो ।’
अस्पतालले २०७८ साउन २२ गतेको समितिको निर्णय अनुसार यसअघि पनि उनलाई कारबाही गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्र पठाइएको थियो ।