चुरामणि तिमिल्सिना,रिडी ।
अस्थायी ट्राफिक प्रहरी पोष्ट रिडी गुल्मीले जनता माध्यमिक बिध्यालय सत्यवती १ अस्लेवाका बिद्यार्थीहरु लाई ट्राफिक नियमहरुको बारेमा जानकारी गराएको छ ।
सडकमा हिडदा , बाटो क्रस गर्दा , चडदा ,ओर्लिदा ध्यान दिनु पर्ने कुराहरु ,बसमा यात्रा गर्दा हात तथा टाउको बाहिर ननिकाल्न आग्रह,यातायात चालका लाई गन्तव्यमा सफलता पुर्वक पुर्याउन गति सिमित गरी चलाउन आग्रह ,बजार तथा बिध्यालय क्षेत्रमा प्रेसर हर्न नबजाउने,गन्तव्यमा पुग्न बसबाट झरेपछि लाइन बद्द रुपमा बिद्यार्थी हरु लाई हिड्न समेत प्रशिक्षण दिईएको छ ।
यसरी नियम को पालना गर्दा कुनै पनि दुर्घटना र धनजनको क्षति नहुने साथै बिद्यार्थीहरु लाई दुर्घटना न्यूनीकरण सम्बन्धि सचेतना जगाउने कार्यक्रम गरिएको अस्थायी ट्राफिक प्रहरी पोष्टका प्रहरी सहायक निरीक्षक जगनाथ पाण्डेले जानकारी दिनु भयो
पाण्डेले केही समय यता रिडी थोर्गा रातामाटा, रिडी खर्याङ सडक खण्ड,कालीगण्डकी करिडोर लगायतका स्थानमा चेक जाच लाई कडा गर्दै सवारी धनी सवारी चालक यात्री लाई विभिन्न चेतनामुलक जानकारी गराउदै बर्षादको समयमा यात्रा गर्दा बाटोमा पहिरो जान सक्ने बाटो अबरोध हुने भएको हुँदा तत्कालै प्रहरी तथा सरोकार बाला निकाय लाई खबर गरी सहयोग गर्न आग्रह गर्नुभयो।
पछिल्लो समयमा रिडी बजारको पार्किङ लाई ब्यबस्थापन गर्न पुरना तथा अब्यबस्थित ब्रेकर हरुलाइ हटाइ नयाँ टिजिटल ब्रेकर राख्ने कार्य वडा कार्यालय र बजार बासीको समन्वय र सहकार्यम राखीएको पाण्डेले बताउनु भयो ।