पाल्पा सिमेन्ट उद्योगको उत्पादन : भारत निर्यात गर्न सुरु

बुटवल ।
पाल्पा सिमेन्ट उद्योगले आफ्नो उत्पादन पहिलो पटक भारत निर्यात गर्न सुरु गरेको छ ।

पश्चिम नवलपरासीको सुनवल नगरपालिका–७ स्थित आरएमसी ग्रुपद्वारा सञ्चालित उद्योगले शुक्रवारबाट तानसेन सिमेन्ट सुनौली नाका हुँदै भारततर्फ निकासी सुरु गरेको सञ्चालक शेखर अग्रवालले जानकारी दिए। स्

थानीय र राष्ट्रिय स्तरमा बजारीकरण गर्दै आएको उद्योगले पहिलो दिन ३ हजार बोरा सिमेन्ट भारत पठाएको छ। नेपालमा उत्पादित सिमेन्ट भारतीय बजारमा निर्यात सुरु भएको छ।

भारतमा सिमेन्ट पठाउनका लागि गर्नुपर्ने गुणस्तर मापदण्डलगायतका सबै सरकारी प्रक्रिया पूरा गरी उद्योगले सिमेन्ट पठाउन थालेको हो। उद्योगले पहिलो चरणमा भारतको उत्तर प्रदेशलाई लक्षित गरेर सिमेन्ट पठाउन सुरु गरेको छ।

दैनिक १८ सय टन क्लिंकर उत्पादन क्षमताको प्लाण्ट रहेको उद्योगले दैनिक ३ हजार टन सिमेन्ट उत्पादन गर्दै आएको उद्योगका जनसम्पर्क प्रबन्धक जीवन निरौलाले जानकारी दिए।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 683

Leave a Reply

Your email address will not be published. Required fields are marked *