पहिरोले घर गोठमा क्षती : २ भैंसीको मृत्यु

सत्यवति ,गुल्मी ।
गुल्मीको सत्यवति गाउँपालिका वडा न ६ भलादिमा पहिरोले गोठ च्यापीदा २ वटा भैंसीको मृत्यु भएको छ ।

शुक्रवार रातीदेखि परेको अविरल वर्ष संगै आएको पहिरोले कालिराज भण्डारीको घर गोठमा क्षती पुगेको हो । पहिरोका कारण करिव ४० लाखको क्षती भएको वडा न ६ का वडा अध्यक्ष बिष्णु प्रसाद भण्डारीले जानकारी दिनु भयो । टिनको छाानो रहेको गोठ पुणरुपर्मा क्षतिभएको र घरको पछाडीको भाग पुरिएको छ । गोठमा १ लैनो भैंसी १ ब्याउने भैसि पुरिएको छ । साथै गोठमा रहेको अन्नपात र घाँस पराल समेत सवै पुरीएको अध्यक्ष भण्डारीले बताउनु भयो ।

सवै परिवारले खान खाइरहेको अबस्थामा एक्कासी माथीबाट ठूलो आवाजमा पहिरो आयो र सबै पुरिदियो भण्डारीले बताउनु भयो। पहिरो लाई हटाउन नेपाल प्रहरी जन प्रतिनिधि पत्रकार तथा स्थानीको ठूलो संख्यामा उपस्थिती रहेको थियो ।

सडक सन्चालन भए पनि पुरिएका भैसीहरु भने निकाल्न्न डोजर प्रयोग गरिएको छ । पिडितलाई तत्काल राहातको लागी पालिकाको आपतकालीन बैठक बसि सहयोग गर्ने वडा न ६ का वडा सदस्य युवराज न्यौपानेले जानकारी दिनु भयो।

अहिले पिडित परिवार लागि स्थाननतरणको लागि र सामाग्री सार्नको लागी स्थानीयले सहयोग गरेका छन् ।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 683

Leave a Reply

Your email address will not be published. Required fields are marked *