लुम्बिनी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बाँके जिल्लालाई

दाङ ।
दाङको बेल्झुन्डीमा सञ्चालित १२ औ संघीय तथा प्रथम लुम्बिनी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता –२०७९ को उपाधि बाँके जिल्लाले जितेको छ।

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको तत्त्वावधान तथा लुम्बिनी प्रदेश खेलकुद परिषद्को आयोजनामा सञ्चालित प्रतियोगितामा १९ स्वर्ण ७ रजत र १० कास्य पदक हात पार्दै बाँकेले उपाधि जितेको हो।

उपाधिसँगै उसले लुम्बिनी प्रदेशस्तरीय रनिङ शिल्ड उचाल्यो। त्यस्तै बर्दिया जिल्ला ९ स्वर्ण ९ रजत र १२ कास्य पदकका साथ द्वितीय हुँदा दाङ ६ स्वर्ण, ११ रजत र १३ कास्य पदक हात पार्दै तृतीय भयो भने कपिलवस्तु जिल्ला ६ स्वर्ण, ४ रजत र २ कास्य पदकका साथ सान्त्वना भयो।

यसैबीच प्रतियोगिताअन्तर्गत कराते छात्रमा गुल्मी जिल्लाका हिमाल क्षेत्री र छात्रामा दाङकी डोल्मा थापा उत्कृष्ट खेलाडी घोषित भए।

त्यस्तै एथलेटिक्समा छात्रमा बाकेका युवराज बिक र छात्रामा दाङकी निशा चौधरी उत्कृष्ट खेलाडी भए। त्यस्तै उसुतर्फ छात्रमा बाकेका सुदीप रोका मगर र छात्रामा बर्दियाकी लिन्दा दहित उत्कृष्ट भए। त्यस्तै भलिबल छात्रमा रुपन्देहीका बादल राना र छात्रातर्फ रुपन्देहीकै सपना डागी उत्कृष्ट खेलाडी भए।

प्रतियोगितामा ब्यक्तिगत विधाअन्तर्गत एथलेटिक्स,उसु,करातेमा प्रथम स्थान हात पारेका खेलाडी र टिम गेमतर्फको कबडी,भलिबलमा छनोटका आधारमा टिम तयार गरिनेछ।

छनोटमा परेका खेलाडीले असार २८ देखि ३० गतेसम्म हुने राष्ट्रिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्नेछ्न्।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 670

Leave a Reply

Your email address will not be published. Required fields are marked *