कपिलवस्तुमा २ पुरुष मृत अवस्थामा फेला

कपिलवस्तु ।

कपिलवस्तुमा २ जना पुरुष मृत अवस्थामा फेला परेका छन् । आइतबार जिल्ला छुट्टाछुटै स्थानमा २ जना पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार बुद्धभूमि नगरपालिका २ बस्ने ४१ वर्षीय खड्क बहादुर ओली र महाराजगन्ज नगरपालिका १० मुजाहनास्थित नेपाल भारत सिमाना नजिकैको खेतमा स्थानीय वर्ष ३८ का धुन्नु धोबी मृत अवस्थामा भेटिएका हुन् ।

दुवै घटनाको अनुसन्धान जारी रहेको कपिलवस्तु प्रहरीले जनाएको छ ।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 683

Leave a Reply

Your email address will not be published. Required fields are marked *