सर्पले डस्दा दाङमा एक जनाको ज्यान गयो

दाङ ।
सर्पले डस्दा दाङमा एक जनाको ज्यान गएको छ । अर्का एक जना बिरामी भएका छन् ।

सर्पले डस्दा दाङको राप्ती गाउँपालिका २ लालमटियाका ६८ वर्षीया सुमित्रा कुमालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । कुमाललाई हिजो आफ्नै बारीमा सर्पले डसेको थियो ।

यस्तै सर्पले डस्दा घोराही उपमहानगरपालिका १३ वनगाउँ बस्ने प्रदीप बुढामगर बिरामी परेका छन् । मगरको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 683

Leave a Reply

Your email address will not be published. Required fields are marked *