कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

काठमाडौं ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बिहीबार पनि बस्दैछ। बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

सोमबार सुरु भएको बैठकमा समसामयिक विषयमा केन्द्रीय सदस्यले धारणा राखिरहेका छन्। बुधवारको बैठकमा बोल्ने सदस्यहरुले सरकारबाट सन्तोषजनक काम नभएको आरोप लगाएका थिए।

केन्द्रीय सदस्यले गठबन्धनको औचित्य, सरकारका काम र पार्टी नेतृत्वकै कामका विषयमा प्रश्न उठाएपछि पार्टीबाट सरकारमा रहेका मन्त्रीहरूले बिहीबार जवाफ दिने तयारी गरेका छन्।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 678

Leave a Reply

Your email address will not be published. Required fields are marked *