रामनदी धाम संस्कृत गुरुकुलको तेस्रो वार्षिकउत्सव सम्पन्न

चुरामणि तिमिल्सिना,रुरु क्षेत्र ।
पाल्पा र स्याङ्जाको संगम स्थल रामनदी धाममा रहेको रामनदी धाम संस्कृत गुरुकुलको तेस्रो वार्षिकउत्सव समारोह विविध कार्यक्रमका साथ सम्पन्न भएको छ ।

ब्यबस्थापन सामितिका अध्यक्ष बिष्णु देवानन्द सरस्वती महारजको अध्यक्षतामा सन्चालन भएको कार्यक्रममा प्रमुख अतिथी गल्याङ नगरपालिकाका नगर प्रमुख गुरुप्रसाद भट्टराईको प्रमुख आथित्यता रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथी नगर प्रमुख भट्टराईले बर्तमान समयमा सस्कृत शिक्षाको जगेर्ना गर्नको लागि यश गुरुकुलले महत्त्वपूर्ण भुमिका निर्बाह गरेको हुनाले जुन सुकै समयमा पनि गुरुकुल बिध्यालय निरन्तर सन्चालन हुने कुरामा प्रतिबद्धता जायर गर्नु भयो।
भट्टराईले गुरुकुल विकास निर्माणका गतिविधि लाई पनि नगरले बजेट सम्बोधन गर्ने प्रतिबद्धता जायर गर्नु भयो।

२०७६ साल्मा स्थापना भएको गुरुकुलमा कक्षा ६ देखि कक्षा ९ सम्म गुरुकुलका माध्यमबाट कक्षा सञ्चालन भएको आवसीय शिक्षक दिपक गैरेले स्वागतका क्रममा जानकारी गराउनु भयो।

समारोहमा गल्याङ नगर पालिकाकि उपप्रमुख कबिता गैरे बगनासकाली गाउँपालिका वडा न ५ का वडा अध्यक्ष ओम प्रकाश भट्टराई छिमेकि पालिका तथा वडाका अध्यक्ष तथा सदस्य कार्यापालिका सदस्यहरु लगायतको विशिष्ट आथित्यता रहेको थियो ।

कार्यक्रममा बिध्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद बस्यालले तीन आर्थिक बर्षको प्रगती प्रतिबेदन तथा आर्थिक गतिविधि प्रकाश पार्नु भएको थियो । यस्तै समारोहमा विभिन्न बिधाका पुरस्कार,साहित्य प्रतिभा सरसफाइ पुरस्कार,गुरु पुजन कार्यक्रम केन्द्रित रहेको थियो ।

यस गुरुकुलमा दैनिक कौमुदी कर्मकाण्ड वेद भाषा अङ्ग्रेजी कम्पुयुटर लगायतका विषयहरु पठनपाठन हुने गुरुकुलमा पाल्पा गुल्मी स्याङ्जा कपिल वस्तु रुपन्देही लगायतका जिल्ला बाट आवासीय रुपमा रहेर अध्यान गर्ने गर्दछन्।

यस गुरुकुलमा बस्ने बिद्यार्थी हरु लाई निशुल्क गुरुकुलबाट सम्पूर्ण खान बस्नको सुविधा प्रबन्ध मिलाइएको थप सुबिधा सम्पन्न भवन समेत निर्माण कार्यलाई अगाडी बढाइएको,गुरुकुल लाई क्रमैसङ्ग कक्षा लाई वृद्धि गर्दै लैजाने व्यवस्थापन समितिका अध्यक्ष बिष्णु देवानन्द सरस्वति महाराजले कार्यक्रममा प्रष्ट पार्नु भएको थियो।

कार्यक्रमको सन्चालन लक्षमण भण्डारीले गर्नुभएको थियो।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 683

Leave a Reply

Your email address will not be published. Required fields are marked *