सिलाई बुनाई संगै रमाउदै नेपाली :घर खर्च देखि छोरीको उच्च शिक्षा सम्मको खर्च धान्दै

चुरामणी तिमिल्सीना ।
तालिम पछी सिकेको सिपलाई ब्यबहारमा उतार्नु पर्छ भन्ने उद्देश्यका साथ गङ्गा नेपाली अहिले सिलाइ बुनाइको काममा व्यस्त छन् ।

गुल्मीको रुरु क्षेत्र गाउँपालिका वडा न ३ थानपतीकी नेपालीको अहिलेको दैनिकी संगै आय आर्जको बाटो पनि सिलाई बुनाई बनेको छ ।
छत्रकोट गाउँपालिका हर्दिनेटामा आज भन्दा चार बर्ष अगाडी तालिम लिएर सिलाइ बुनाइ लाई निरन्तरता दिएको गङ्गाले जानकारी दिनुभयो।

बिहान १० बजे देखि साझ करिब ५ बजे सम्म टेलरको काममा नै ब्यस्त हुने नेपालीको आर्थिक जीवन शैलि समेत फेरिएको छ ।
दिनको २ जोड कुर्था सुरुवाल,कमिज तथा अन्य कपडाहरु सिलाउदै बस्ने उहाँको परिवारमा श्रीमान र २ छोरी रहेका छन ।
यसै सिलाइबाट गङ्गाले छोरिलाई उच्च शिक्षा पढाउनु भएको छ । शिक्षा आर्जन गर्दै आएकी अन्सु नेपालीले बताउनु भयो ।

गङ्गाले भनु हुन्छ आफुले सिलाइ बुनाइ मात्र नगरी टोपी,सुइटर मजा लगायत सामाग्री पनि समय अनुसार बनाउने गरेको र धेरै समय खाली पनि नरहने उनको भनाइ रहेको छ ।आफुले प्राय गरी ईन्टरनेट बाट नयाँ नंया डिजाइन हेरेर कपडा तयारी गर्ने र भनेकै समयमा ग्राहक लाई सामाग्री तयारी गरिदिने साथै सुपथ मुल्यमा सिलाइदिने हुँदा आफ्नो घरमा दिदी बैनीहरु सेवा लिन आउने गरेको गङ्गाले बताउनु भयो। नेपालीले सिलाइ संगै मुडा समेत बुनेर आफन्त र घरलाई पु¥याउनु भएको छ ।

उहाँको अर्को आम्दानीको श्रोतको लागि बोयर जातका बाख्रा समेत पाल्नु भएको छ ।
थोरै समय पालेर धेरै आम्दानी लिन सकिने हुँदा बाख्रा पनि पाल्दै आउनु भएको छ । भैसी पाल्न भन्दा बाख्रा बाट नै आम्दानी हुने हुँदा बाख्रालाइ अझै बढाउने योजना अगाडी बढाएको गङ्गाले बताउनु भयो।

सिलाइ गर्न बजारमा नै पसल खोल्न पर्ने भएता पनि आफुले भने घरको एक कोठाबाट नै सेवा सन्चालन गरिरहेको बताउनु भयो।

उहाँले आफ्नो घरमा दिदी बैनीहरु लाई फुर्सदको समयमा आएर सिलाइ सिक्न पनि आग्रह गर्नुभयो।
उहाँले थप्दै भनुहुन्छ,म सङ्ग केही पुरानो कल छ,र नयाँ कल सम्बन्धित निकायले सहयोग गरिदिए काममा आफू लाई सहज हुने बताउनुभयो ।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 683

Leave a Reply

Your email address will not be published. Required fields are marked *