काठमाण्डौ ।
नेपाल र भारतबीच भएको जीटूजी (सरकारदेखि सरकार) सम्झौता अनुसार रासायनिक मल आउने निश्चित भएको छ ।
गएको फागुनमा दुई देशबीच पाँच वर्षका लागि जीटूजीको माध्यमबाट मल खरिद गर्ने सम्झौता भएको थियो ।
सम्झौताको ६ महिनापछि मल नेपाल आउने निश्चित भएको त्यसका लागि सरकारले तत्काल पैसाको व्यवस्था गर्नुपर्ने कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख राजेन्द्रबहादुर कार्कीले बताउनुभयो । भारतको राष्ट्रिय केमिकल फर्टिलाइजर लिमिटेडबाट नेपालले मल खरिद गर्ने सम्झौता गरेको छ ।
भारत सरकारसँग मूल्य, ढुवानीलगायत अन्य सबै कुरामा सहमति भएको छ । भारतले नेपालको भण्डार स्थलसम्म मल ल्याइदिने सम्झौता गरेको छ ।
भारतले आफूले खरिद गरेको मल नेपाललाई दिने प्रमुख कार्कीले जानकारी दिनुभयो ।
नेपाल र भारतबीच पाँच वर्षका लागि रासायनिक मल आपूर्ति गर्ने सम्झौता भएको छ ।