भुवनपोखरीमा जिप दुर्घटना,तीन जना घाइते,एकको अवस्था गम्भीर

पाल्पा ।
पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३, भुवनपोखरीमा जिप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।

भुवनपोखरीको झिरुबासबाट तानसेनतर्फ आइरहेको लु १ ज २१६९ नम्बरको जिप बिहीबार बिहान साढे ८ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
गएरातिदेखि नै पानी परिरहेकाले चिप्लो बाटो भएका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

घाइतेहरूलाई उपचारका लागि तानसेनमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 683

Leave a Reply

Your email address will not be published. Required fields are marked *