वडा स्तरीय क्रिकेट प्रतियोगिता घ्यूबेशी खेल मैदानमा सुरु

चुरामणी तिमिल्सीना ।
रुरुक्षेत्र गाउँपालिका वडा नं–५ बम्घामा रहेको टाहाटिम युवा क्लबले वडा स्तरीय क्रिकेट प्रतियोगिता घ्यूबेशी खेल मैदानमा सुभारम्भ गरेको छ।

कार्यक्रममा प्रमुख अतिथी ररु क्षेत्र गाउँपालिका कि निवर्तमान कार्यपालिका सदस्य तथा सामाजिक अभियन्ता अन्जु कंडेल रहनु भएको थियो ।कार्यक्रममा ब्याडटिङ गर्दै प्रमुख अतिथी कंडेलले खेलको उद्ध्घाटन गर्नु भएको हो ।

कार्यक्रमलाई लाई सम्बोधन गर्दै प्रमुख अतिथी कंडेलले युवा बर्गहरु खेल जगतमा अत्यन्त मेहेन्तका साथ लागेर जीवन नै समर्पण गरी देश तथा बिदेशमा नाम कमाउन सफल भएकोले स्थानीय सरकारले हरेक खेल हरुका लागि बजेट नै बिनियोजन गरी खेलाडी हरु लाई प्रशिक्षण दिनुपर्नेमा जोड दिनु भयो ।

पालिकाको गहना थपिने भएकाले खेलाडी हरु लाई थप हौसलाप्रदान गर्न कार्यक्रम को लागि द्दितिय पुरस्कार रु १० हजार समेत सहयोग गरेको बताउनु भयो ।

कार्यक्रममा खेल संयोजक कमल गिरिको अध्यक्षता रहेको थियो । समारोहमा कलबका अभिभावक पदम श्रेष्ठ , खेल प्रेमी बिमल ज्ञवाली ,दानु श्रेष्ठ अतिथी रहनु भएको थियो।

कार्यक्रममा बोल्दै अध्यक्ष गिरिले युवा हरुले हरेक प्रकारका खेलहरु सिक्न अति आबश्यक रहेकाले खेल मैदानको बिकास संगै प्रशिक्षकको ब्यबस्था तथा खेलाडी लाई पालिकाले प्रोत्साहन गरेमा खेल जगतमा युवाको रुचि बढ्ने बताउनु भयो ।

कार्यक्रममा २० टिमको सहभागीता रहेको आयोजकले जानकारी दिएको छ ।

प्रतियोगितामा प्रथम हुने लाई रु २० हजार सहित जिन्सीपुरस्कार र द्दित्तय हुने समूह लाई १० हजार र जिन्सी पुरस्कारको ब्यबस्था गरिएको कलबका अभिभावक पदम श्रेष्ठले जानकारी दिनु भयो ।

कार्यक्रमको सन्चालन कलबका सचिव पवन गिरिले गर्नु भएको थियो।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 678

Leave a Reply

Your email address will not be published. Required fields are marked *